गण्डकी प्रदेशको बजेटबारे दफावार छलफल सोमबार हुने

कास्की | असार १९, २०७९

गण्डकी प्रदेशको बजेटबारे दफावार छलफल सोमबार हुने

पोखरा:  लामो समयको रस्साकस्सीपछि गण्डकी प्रदेशको बजेटबारे सोमबार (भोली) दिउँसो १ बजेदेखि दफावार छलफल हुने भएको छ । आज (आइतबार) बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि सोमबार प्रदेश सभामा बजेटउपर छलफल हुने भएको हो ।

 

गत १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए ।

 

बजेट भाषणपश्चात २ गते बजेटउपर छलफल गर्ने भनिएपनि १८ दिन बितिसक्दा समेत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल र प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको तालमेल नमिल्दा बजेटउपर दफावार छलफल हुन सकेको थिएन । 

 

अब भने सोमबार छलफल हुनेगरि आज बसेको कार्यव्यवस्था समितिले सममति जुटाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्